सिद्धार्थ क्यापिटलले आफ्ना म्युचुअल फण्डले वितरण गर्ने लाभांशको लागि बुक क्लोज मिति तय गरेको छ । क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको हो ।लाभांश वितरणको लागि दुवै योजनाको बुक क्लोज मिति भदौ ७ गते रहेको छ । भदौ ६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् । क्यापिटलको श्रावण २५ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई १० प्रतिशतका दरले हुन आउने रकम बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । सिद्धार्थ व्यवस्थित लगानी योजनाको आ.व. २०७८/७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय क्यापिटलले गरेको छ।