११ सय वर्ष पुरानो पुस्तक केशर पुस्तकालयमा

सन्दीप श्रेष्ठ काठमाडौं । सरकारी स्वामित्वमा रहेको केसर पुस्तकालय बारे तपाईं कति जानकार हुनुहुन्छ ? ११ सय वर्ष पुराना हस्तलिखित पुस्तकदेखि इतिहास र संस्कृतिका ६० हजार बढी पुस्तक यहाँ संग्रहित छन् । लोकसेवा तयारी गरिरहेका परीक्षार्थी, विश्वविद्यालयका अध्यता पुस्तकालयका प्रमुख उपभोक्ता हुन् । आश्चर्य त के छ भने नयाँपुस्ताका किशोरकिशोरीहरु पुस्तकालयको पाइलो टेकेका छैनन् । […]

सम्बन्धित सामग्री

केशर महलको संरक्षण (सम्पादकीय)

नारायणहिटी दरबार परिसर अतिक्रमण एवं क्याफेलगायतको प्रसङ्ग सेलाउन नपाउँदै फेरि यस्तै एक अर्को प्रसङ्गले चर्चा पाउन थालेको छ । नारायणहिटीबाट करिब ५० मिटरको दूरीमा रहेको केशर महलमा समेत व्यावसायिक प्रयोजनका नाममा ऐतिहासिक धरोहर मास्ने अर्को गिरोहको खेल सुरु भएको छ । एक सय वर्ष पुराना भौतिक संरचना पुराताìिवक महìवका सम्पदामा गणना हुनेमा १७० वर्ष पुरानो केशर महलको आफ्नै विशिष्ट महìव छ । नेपालकै प्रसिद्ध पुस्तकालय केशर पुस्तकालय रहेको केशर महल गार्डेन अफ ड्रिम्स नेपाल घुम्न आउने पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रूपमा रहिआएको सर्वविदितै छ । केशर महलमा सङ्ग्रहित अमूल्य पुस्तक, कलाकृति, आखेटोपहार तथा स्वयंमा यस भवनको डिजाइन आफैँमा अद्वितीय नमुना तथा विशेषता हुन् । यस्तो अद्वितीय बेजोड ऐतिहासिक धरोहरको संरक्षण एवं संवद्र्धन राष्ट्रको मुख्य प्राथमिकतामा पर्नुपर्ने तथ्यमा सायदै दुई मत होला ।

१५ सय वर्ष पुराना ग्रन्थ संग्रहित केशर पुस्तकालय प्रविधिमैत्री बनाइँदै

कोरोनाका कारण शून्य अवस्थामा रहेका पाठकको संख्या पर्यटकको आगमनसँगै बढ्नेमा मिश्र आशावादी हुनुहुन्छ । सामान्य अवस्थामा यहाँ दैनिक ३ सय सम्म पाठक आउने गरेका थिए ।