मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि […]
जुम्लाको कनका सुन्दरी–३ गौरीगाँउका बर्ष ३२ का राजन बुढा तीन बर्ष साउदी बसेर नेपाल फर्किएपछि पासपोर्ट त्यागेर समोसा(समसा)बेच्न थालेका छन् । समसा व्यवसायबाट उनलाई राम्रो आम्दानी समेत मिलेको छ । पछिल्लो समयमा नेपालमा बढ्दो बेरोजगारहरुको संख्या र रोजगारको अवसर नपाएपछि दैनिक विदेश जानेको संख्या बढीरहेका बेला राजन उदाहरणको पात्रका रुपमा दरिएका हुन् । ‘तीन बर्षको […]
वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप, कार र भ्यानहरू आयात भएका छन् । गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै वृद्धि भएको छ । गत आवको तीन महिनामा भने ९७ मात्रै विद्युतीय जीप, […]
काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको थियो । सन् १९९९ देखि युवाका आवाजलाई बुलन्द गर्ने हिसाबले हरेक वर्ष १२ अगस्टका दिन युवा दिवसका रूपमा मनाउने गरिन्छ । युवाहरू स्वभावैले ऊर्जाशील, सकारात्मक परिवर्तनका संवाहक र परिवर्तनका उत्प्रेरक हुन् । युवा भन्ने बित्तिकै शारीरिक, मानसिक शक्तिले ऊर्जाशील व्यक्तित्व बुझिन्छ । आजको युवाले राजनीतिक, आर्थिक, […]