काठमाडौं : सरकारी जग्गा बैना गरी ५ करोड २० लाख ठग्ने दुई व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीको आरोपमा भक्तपुर चाँगुनारायण-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षका इश्वर गाइजुलाई आज नियन्त्रणमा लिएको हो।उनीहरूलाई भक्तपुर नगरपालिका-१० को मालपोत गेटबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको कार्यालयले जनाएको छ।दुई जनाले भक्तपुरको साविक सुडाल गाविस वडा नम्बर ४ क मा रहेको अर्कैको नाममा