उपत्यकामा वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयको ५ बुँदे अपील

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेसँगै स्वास्थ्य मन्त्रालयले ५ बुँदे अपील जारी गरेको छ । मन्त्रालयले मर्निङ वाकमा ननिस्कन, फाहोर जथाभावी नजलाउन, घरबाहिर ननिस्कन, केही दिन धुलो धुँवा उड्नेखालका कामहरु नगर्न र अत्यावश्यक नभइ सवारी साधन नचलाउन मन्त्रालयले अपील गरेको हो ।  

सम्बन्धित सामग्री

वातावरण, वायु प्रदूषण र चुनौतीहरू

संयुक्त राष्ट्रसंघका अनुसार दशमध्ये नौ जना व्यक्तिहरूले प्रदूषित हावामा स्वास फेर्ने भएकोले मृत्युको एक मुख्य कारण पनि वायु प्रदूषण बनेको छ । प्रदूषणले ग्रस्त वायुमा देख्न नमिल्ने स–साना कणहरू स्वास फेर्दा सिधै फोक्सोमा पुग्छन् । यसले क्यान्सर, निमोनिया, मुटु रोग साथै प्राण घातक रोग निम्त्याउने गर्दछ । विश्व स्वास्थ्य संगठनले गरेको अनुमानमा प्रत्येक वर्ष वायु […] The post वातावरण, वायु प्रदूषण र चुनौतीहरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जाडोमा झनै बढ्दै वायु प्रदूषण: श्वासप्रश्वासका बिरामी बढ्ने चिकित्सकको अनुमान

वायु प्रदूषणको समस्यालाई विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य समस्याको रुपमा व्याख्या गरेको छ। काठमाडौंको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी रहेको तुलाधारले बताए।

देशका धेरै ठाउँको वायु प्रदूषण 'खतराको तहमा'

काठमाण्डाै - देशका धेरै ठाउँको वायु प्रदूषण बढेको छ । विराटनगर, सिमरा, कीर्तिपुर, रत्नपार्क, पोखरा  र धनगढीमा वायु प्रदूषण निकै बढेको छ । सिमराको प्रदूषण १ सय ९६ एक्यूआई, विराटनगरको १ सय ८१, कीर्तिपुरको १ सय ५६, रत्नपार्कका १ सय ५७ र धनगढीको १ सय ५४ एक्यूआईसम्म पुगेको त्यहाँ रहेका स्टेसनहरुले देखाएका छन् । यो विश्व स्वास्थ्य सङ्गठनले भनेको स्वस्थ वायुको मापदण्डभन्दा निक्कै धेरै हो । सङ्गठनका अनुसार स्वस्थ एक्यूआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा तल निर्धारण गरेको छ । एक्यूआई २ सयभन्दा धेरै भ...

वायु प्रदूषण अझै बढ्ने

वायु प्रदूषण अझै बढ्ने सम्भावना भएको भन्दै सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । प्रदूषणका कारण स्वास्थ्य सम्बन्धी विभिन्न रोगहरु देखिन सक्ने भन्दै समयमा नै सतर्क हुन विज्ञहरुले सुझाव दिएका हुन् ।विपत व्यवस्थापनविद् डा. धर्म उप्रेतीले पाकिस्तान आसपासबाट पूर्वतर्फ सर्दै गरेको पश्चिमी वायुको प्रभाव बिस्तारै नेपाल तिर सर्दै आएकाले भारतबाट उत्तर दिशातर्फ वायु चलेको, चिसो […]

साँच्चै डरलाग्दो बन्दै छ वायु प्रदूषण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले वायु प्रदूषण पहिले अनुमान गरिएभन्दा धेरै गुणा खतरनाक रहेको भन्ने निष्कर्ष सार्वजनिक गरेको छ । वातावरणमा रहेको नाइट्रोजन डाइअक्साइडले मानिसलाई असुरक्षित गराएको छ । डब्ल्युएचओको तथ्याङ्कअनुसार वार्षिक ७० लाख मानिस वायु प्रदूषणसँग सम्बन्धित रोगले मर्ने गरेका छन् । आर्थिक विकासका नाममा हुने गरेको जीवाश्म इन्धनको बढी प्रयोग हुने मध्यम तथा […]

वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा बन्दै

काठमाण्डाै - वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण विश्वमा एक वर्षमा ७० लाख जनाको ज्यान जाने गरेकाले वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको डब्ल्यूएचओले जनाएको छ । सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकोप्रति जोड दिँदै वायु प्रदूषण धूम्रपान र अ-स्वस्थ्यकर खाना जत्तिकै हानिकारक भएको जनाएको बीबीसीको खबरमा उल्लेख छ । वायु ...

घट्यो वायु प्रदूषण : स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने

काठमाण्डाै - नेपालको वायु प्रदूषण विश्वभरको तुलनामा कम हुँदै गएको छ । केही दिनअघि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ । केही दिनअघि काठमाण्डौ विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा रहेको थियो । काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा प्रदूषण कम भएको भए पनि नेपालका केही ठाउँहरु अझै प्रदूषित देखिएका छन्। अतिहानिकारक अवस्था नरहेको तर केही ठाउँमा प्रदूषण भने कायमै रहेको वातावरणविद्हरुले बताएका छन् । धनगढी, हेटौँडालगायत ठाउँको प्रदूषण मापन ...

होसियार ! उपत्यकामा वायु प्रदूषण हवात्तै बढ्यो, घर बाहिर ननिस्किौं

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्याधिक बढेको छ । उपत्यकाको वायु प्रदुषित भएकाले स्वास्थ्यमा समस्या भएका व्यक्ति घर बाहिर ननिस्कन वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण शाखाले आह्वान गरेको छ । पौष २० गते अर्थात हिजो सोमबारदेखि उपत्यका क्षेत्रमा वायु प्रदूषण अत्याधिक बढेकाले स्वास्थ्यमा नकारात्मक असर पर्ने समेत स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।विशेष गरेर बालकालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासमा समस्या भएका, दम, खोकी, यस्तै मुटुका बिरामी प्रदुषित बातावरणका कारण प्रभावित हुन

काठमाण्डौमा वायु प्रदूषण उच्च, सकभर घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकाङ्क मानक) जनजीवनका लागि घातक तहमा पुगेको छ । काठमाण्डौ उपत्यकामा साेमबार (हिजो) देखि वायु प्रदूषण बढेको र प्रदूषणको अवस्था अहिलेसम्मकै उच्च तहमा पुगेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताउनुभयो ।काठमाण्डौ उपत्यकामा यसअघि वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) अधिकतम दुई सय नजिक पुगेकोमा साेमबार (हिजो) तीन सय नाघेको उहाँले बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वास्थ्यका लागि एक्वुआई २५ हुनुपर्ने बताएको छ भने ५० ...