बुधबार त्रिभुवन विमानस्थलमा दुर्घटनाका बेला हुने प्रतिकार्यको अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अभ्यासका लागि एक घण्टाका लागि विमानस्थल नै बन्द गरेको थियो ।अभ्यासका क्रममा नमुना विमानमा आगो लगाउनका साथै घाइतेहरूको उद्धारको अभ्यास समेत गरिएको थियो । यस अभ्यासमा सुरक्षाकर्मी, अग्नि नियन्त्रकहरू एम्बुलेन्स र दमकलसहित सहभागी भएका थिए । हेरौँ तस्बिरहरू :