ललितपुर बालिका बलात्कार प्रकरण : सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस
ललितपुरकी एक १४ वर्षीया बालिका बलात्कार मुद्दामा प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ । प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहले ती बालिकाको बलात्कार आरोप लागेका व्यक्ति थुनामै रहेको बताए ।