गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सरकारले जनयुद्ध तथा जनआन्दोलनका शहीद, बेपत्ताजन, घाइते र अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) बागलुङ नगरपालिका–७ वडाकमिटिद्वारा आज आयोजित जनभेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले गण्डकी प्रदेश मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयनका लागि शहीद तथा बेपत्ताजनका परिवारको सङ्ख्या पुनरावलोकन गर्ने काम भइरहेको बताए । “शहीद, बेपत्ताजनका परिवारका सदस्य र घाइते तथ...