धनुषाको एक विद्यालयमा अभिभावक भेला गराएका प्रधानाध्यापकमाथि गैर अभिभावकको एक समुहले दुव्र्यवहार गर्दै कालोमोसो गरेपछि अहिले उनी न्यायका लागि अघि बढेका छन् ।धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित श्रीराम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार महरालाई गैर अभिभावकको एक समूहले कालोमोसो गरी दुव्र्यवहार समेत गरेका थिए । उनले जिल्ला प्रशासन कार्यालय धनुषामा आरोपितलाई कारवाही गर्न माग गर्दै जाहेरी दिएका छन् ।गत शनिबार आयोजित अभिभावक भेलामा गैर अभिभावकहरूले होहल्ला गर्दै प्रधानाध्यापक महराम