शिलान्यास भएको तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनःनिर्माण शून्य
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनःनिर्माणको गति शून्य रहेको छ ।
विसं २०७२ मा गएको भूकम्पबाट पूर्णरूपमा क्षति भएको ऐतिहासिक रानीपोखरी सोही वर्ष माघ २ ...
मोरङ – विराटनगर महानगरपालिकाले ५ करोडभन्दा बढीको लगानीमा पोखरी निर्माण गर्ने भएको छ। महानगरका मेयर नागेश कोइरालाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राख्दै विराटनगरको १४ नम्बर वडामा रानीपोखरी ग्रिनपार्कको शिलान्यास गरेका हुन्। दुई वर्षभित्र ग्रिनपार्क निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने मेयर कोइरालाले शिलान्यासका क्रममा जानकारी दिए। सुन्दर, हरियाली, सफा र व्यवस्थित विकसित महानगर बनाउने अभियानमा […]
२२ फागुन, काठमाडौं । २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौंको ‘रानीपोखरी’ शिलान्यास गरिरहँदा भक्तपुरको ऐतिहासिक ‘रानीपोखरी’ सेनाको काँडेतारभित्र थियो । काठमाडौंको रानीपोखरीभन्दा करिब ४० वर्ष पुरानो भएपनि सर्वसाधारणको पहुँचमा नभएकाले धेरैलाई भक्तपुरको रानीपोखरीबारे अत्तोपत्तो थिएन । सैन्य गस्ती हुने इलाकाभित्र रहेको रानीपोखरी पुनर्निर्माणबारे सरकारको मात्रै होइन, भक्तपुर नगरपालिकालाई पनि चासो […]
ऐतिहासिक रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त पोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महागरपालिकालाई हस्तान्तरण गरेको हो । स्वामित्व हस्तान्तरण कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैँले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पुनर्निर्माणको जिम्मेवारी दिईएको बताए । ‘रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैँले सुरु गरेको थियो । ०७४ सालमा आएपछि हामीलाई आरोप–प्रत्यारोप गर्ने काम भयो । मेयरले रानीपोखरी बेचेर खायो भन्ने आरोप पनि आयो,’ प्रमुख शाक्यले भने, ‘त्यसपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई बोलाएर तपाईँ यो विवादमा नफस्नुहोस् । अरु काममा लाग्नुहोस् । यसको पुनर्निर्माणको जिम्मेवारी प्राधिकरण लाई दिऔँ भन्नुभयो ।’ शाक्यले पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणले लिएपछि महानगरपालिकाको डिजाइन अनुसार नै पोखरी पुनर्निर्माण भएको बताए । ‘त्यतिबेला पनि मैले प्रधानमन्त्रीज्युलाई रानीपोखरीको डिजाइन तयारी अवस्थामा छ । त्यहि अनुसार बनऔँ भनेको थिएँ । त्यो अनुसार हुन्छ भने मात्रै सहमति जनाउँछु भनेको थिएँ’ प्रमुख शाक्यले थपे, ‘हामीले भने अनुसार नै काम गर्ने भनेपछि मैले त्यो प्रस्ताव कार्यपालिकामा राखेको थिएँ । केही साथीहरुले हामी आफैँ बनाऔँ पनि भन्नुभएको थियो । त्यतिबेला नै पुनर्निर्माणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्ने भन्ने सहमति भएको थियो । अहिले जुन रानीपोखरी बनेको छ, त्यो हाम्रो डिजाइन र सर्त अनुसार नै बनेको छ ।’ ‘महानगरपालिकाकै सल्लाह अनुसार अजय स्थापितको नेतृत्वमा उपभोक्ता समिति बनाएर पुनर्निर्माण सम्पन्न गरेको हो,’ मेयर शाक्यले भने, ‘सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौं महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको थियो ।’ शाक्यले मन्दिर गुम्बज शैलीमा बनाउने भनिए पनि त्यसको ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर इतिहासको खोजी गरी महानगरपालिकाकै प्रयासमा ग्रन्थकुट (खिशर) शैलीमै पुनर्निर्माण गरेको जानकारी दिए । ‘गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय गर्ने काठमाडौँ महानगरपालिका हो,’ उनले भने, ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेका थियौँ । लामो समय त्यो विषय विवादमा रह्यो । सबैको सल्लाह–सुझावअनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ । यो गौरवको कुरा हो ।’ मेयर शाक्यले महानगरपालिकाको स्वामित्वमा आएको रानीपोखरी महागरपालिकाको मात्रै सम्पत्ति नभई राष्ट्रको सम्पत्ति भएको बताए । राष्ट्रपति विद्यादेवी भणडारीबाट शिलान्यास भएको रानीपोखरी केही समय अघि उद्घाटन भएको थियो । ऐतिहासिक मात्रै होइन, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी विश्वका लागि पनि उदाहरणीय पोखरी भएको भन्दै शाक्यले पोखरी पुर्ननिर्माण सम्पन्न भइ हस्तान्तरण हुँदा आनन्दित भएको बताए । शाक्यले करीब ३ सय ६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनर्निर्माण गर्ने काम चुनौतिपूर्ण भएको बताए । रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेबाट पुनर्निर्माणको काम शुरु भएको थियो । पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले पनि काम प्राधिकरणले गरे पनि काठमाडौँ महानगरपालिकाकै सल्लाह अनुसार काम गरेको जानकारी दिए । पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत ८ करोड १५ लाख र पहिलो चरण अन्तर्गत नै सौदर्यीकरण, बालगोपालेश्वर मन्दिर निर्माण, पुल निर्माणलगायतका लागि १७ करोड ४५ लाख गरी करीब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिए ।
अघिल्लो सरकारलाई धरहरा, रानीपोखरी, मेलम्ची खानेपानी, पुल, सडक, सुरुङमार्ग, जनता आवास, रंगशाला, एयरपोर्ट र जलविद्युत आयोजनाहरुको उद्घाटन र शिलान्यास गरेको भन्दै चर्का विरोध जनाउँदै आएको गठबन्धनले त्यस्ता कामहरु रोकेर सत्ता भागबण्डामा केन्द्रित हुनुलाई आफ्नो उपलब्धि मानेको छ ।
भक्तपुर । भक्तपुरको ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माणको क्रममा आज पोखरी प्रवेश गर्ने उत्तरपूर्व प्रवेशद्धार र फल्चा अर्थात पाटी निर्माणको शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्दै आएको भक्तपुर नपा–१ सल्लाघारीस्थित रानी पोखरीको नगरप्रमुख सुनील प्रजापतिले शिलान्यास गरेका हुन् । नगरप्रमुख प्रजापतिले सन् १६८६ मा राजा जगज्योति मल्लको पालामा निर्माण भएको भक्तपुरको रानीपोखरीले यहाँको […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको दावी गरेका छन् । बिहिबार भक्तपुरमा एमालेले गरेको विशेष सम्बोधन कार्यक्रममा बोल्दै ओलीले आफ्नो कार्यकालमा एकैदिन ३ सय ९६ वटा अस्पताल शिलान्यास गरेको दावी गरे । उनले निःशुल्क कोभिड परिक्षण गरेको, निःशुल्क कोभिड खोप दिएको बताए । हरेक पालिकाहरु १० देखि १५ बेडको अस्पताल बनाएको दावी गरे । आफूले पहिलोपटक रानीपोखरी शिलान्यास गर्दा जहाँ इटा राखेको अर्कोपटक प्रधानमन्त्री भएर आउँदा पनि त्यही इटा राखेको देखेर पुनर्निर्माण
काठमाडौं : रानीपोखरी र धरहरा २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरिन्।पाँच वर्षपछि रानीपोखरी मल्लकालीन स्वरुपमा निर्माण सम्पन्न गरी २०७७ कात्तिक ५ मा राष्टपति भण्डारीले उद्घाटन गरिन्। तर, धरहरा भने पुनर्निमार्णको काम नसकी यही वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको पुनर्निर्माण अहिलेसम्म ६० प्रतिशत म
दुई वर्षअघि राष्ट्रपतिद्वारा शिलान्यास भएको रानीपोखरी पुनर्निर्माण भएको भए गत कात्तिकमै राजधानीको मुटुमा रहेको यो ऐतिहासिक सम्पदाले पुनःजीवन पाउने थियो। सरकारले १८औँ भूकम्प सुरक्षा दिवसका दिन २०७२ माघ २ गते रानीपोखरी र बीचको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट शिलान्यास गराएको थियो। दुई वर्ष बित्दा पनि यी दुवै सम्पदा अलपत्र छन्। यी सम्पदा…