काठमाण्डाै - विश्व बैंक र नेपाल सरकारबीच १० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र सरकारबीच आज आठ करोड अमेरिकी डलर अर्थात झन्डै १० अर्ब रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको छ ।
‘नेपालको संविधा...