काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगकाे वार्ता नगर्ने भएको छ। प्रधानन्यायाधीश जबराले आन्दोलनरत कानुन व्यवसायीलाई वार्ताका लागि आह्वान गरेपछि बारले वार्ताबाट न्यायालयको विकृति सुधार नहुने जवाफ फर्काएको हो। प्रधानन्यायाधीशको अह्वानपछि बारको जारी विरोधसभालाई सम्बोधन गर्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति सुधार हुन सक्दैन। त्यसैले तपाईले आज