नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवैको दवावले सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गर्न बाध्य भएको बताएका छन् । उनले सरकारलाई यस्तो वाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको समेत बताएका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । ‘हाम्रो पार्टीको, बौद्धिक क्षेत्र, निर्वाचन आयोग र सवैको चर्को दवावले सरकार नि