नेपाली कांग्रेसको मधेशी क्लस्टरतर्फको सहमहामन्त्रीमा उम्मेदवारी फिर्ता लिएका रञ्जित कर्णको पक्षमा मत जाँदा संस्थापन पक्षका उम्मेदवार महेन्द्र यादवलाई फाइदा पुगेको छ ।
शुक्रवार दिउँसो मतगणना जारी रहँदा दुई हजार २५ गन्दा महेन्द्र यादवले पक्षमा एक हजार ६ मत ल्याएका छन् । डा. शेखर कोइराला प्यानलका रामकृष्ण यादवले ७३६ मत पाएका छन् ।
रामकृष्णलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका रञ्जित कर्णलाई २५८ मत परेको छ । निर्वाचनको अघिल्लो दिन कर्णले विज्ञप्ति प्रकाशित गर्दै रामकृष्णलाई समर्थन गर्ने बताएका थिए ।
शुक्रवार द...