महिला वडासदस्यमाथि दुर्व्यवहार अभियोगमा पक्राउ परेका माओवादी नेता 'डाईमण्ड' १० हजार धरौटीमा रिहा

नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटीका अध्यक्ष शेरसिँह माल 'डाइमण्ड' १० हजार धरौटी बुझाएर बुधबार रिहा भएका छन् । परशुराम नगरपालिका वडा नं. ३ मा माओवादी केन्द्रका तर्फबाट निर्वाचित महिला वडा सदस्य राजमती ऐरले अभद्र व्यवहार गरेको भन्दै गत शुक्रवार दर्ता गरेको मुद्दामा मङ्गलवार डडेलधुरा सदरमुकामबाट पक्राउ परेका नगर अध्यक्ष माललाई डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको आदेशमा १० हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ ।

सम्बन्धित सामग्री

विप्लव समूहका जिल्ला कमिटी सदस्य ठकुरीसहित १७ जना धरौटीमा रिहा

चौतारा । राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक...