माघमा जग्गाको कारोबार र राजश्व घट्यो

गत माघ महिनाको तुलनामा यो माघमा जग्गाको कारोबार र राजस्व संकलन दुवै घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा १ अर्ब २३ करोड ९ लाख रुपैयाँ राजस्व घटेको हो । ०७७ माघमा २ लाख ११ हजार ९ सय ८ वटा जग्गा कारोबार हुँदा ६ अर्ब ७३ करोड २७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । यो माघमा १ लाख ३२ हजार ५३ वटा जग्गा कारोबार हुँदा ५ अर्ब ५० करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।