सीतापाइलामा स्कोडाको अत्याधुनिक शोरुम

काठमाडौं (अस) । नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता एमएडब्लू स्कोडाले काठमाडौंको सीतापाइलामा नयाँ स्टेट अफ द आर्ट युरोपियन मापदण्डको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टर उद्घाटन स्कोडाका ग्राहक अर्थोपेडिक डा. चक्रराज पाण्डे र कलाकार अनुपविक्रम शाहीले संयुक्त रूपमा गरे । नयाँ स्टेट अफ द आर्ट सर्भिसको निर्माण स्कोडाको नयाँ कर्पोरेट पहिचान र डिजाइनमा गरिएको हो । काठमाडौंस्थित आधुनिक वर्कसप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको कम्पनीले बताएको छ । यो सर्भिसबाट स्कोडाका ग्राहकले युरोपियन गुणस्तरको सेवा पाउनेछन् । सीतापाइलास्थित स्कोडाको सोरुम १५ हजार वर्गफिटमा फैलिएको छ, जहाँ ग्राहकलाई तुरुन्त सेवा दिन दुई वटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा बे रहेको कम्पनीले जनाएको छ । सोरुममा ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि इन–हाउस टेस्ट ड्राइभ ट्रयाक र ठूलो स्पेयर्स पार्ट्स ‘वेयरहाउस पनि रहेको छ । ‘ग्राहकका लागि युरोपियन क्लासको सर्भिस सेन्टर खोलेका हौं । हामीलाई विश्वास छ, स्टेट अफ आर्ट सर्भिस सेन्टरले सेवानुभाव दिलाउन सक्नेछ,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।