छिन्नमस्ता शक्तिपीठको मुकुट फेला

सप्तरीको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठबाट आइतबारसाँझ चोरी भएको मुकुट सोमबार फेला परेको छ । चोरिएको चाँदीको मुकुटसहित सप्तरीको विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार साँझ मन्दिरका पुजारी पानी लिन गएको बेला मुकुट चोरी भएको थियो । मुकुट चोरी गरेका मण्डलले गाउँमा मन्दिर स्थापना गर्ने भन्दै हिँडेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए […]