रानी शाक्यको 'नपार दाेधारमा' सार्वजनिक

काठमाडौं : गायिका रानी शाक्यको नयाँ गीत सार्वजनिक भएको छ। अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका रानीको 'नपार दोधारमा' बोलको गीत सार्वजनिक भएको हो। रानी र रोशन बलुवाको स्वर रहेको यो गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ।गीतको भिडियोमा पुष्प खड्का र गीता ढुंगानाको नृत्य तथा अभिनय रहेको छ। जसको कोरियोग्राफी तथा निर्देशन मदन खड्काले गरेका हुन्। वीरेन्द्र भट्टको छायांकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका हुन्।रानीको आवाजमा रहेका 'यस्तो माया', 'तिमी

सम्बन्धित सामग्री

‘रकी और रानी की प्रेम कहानी’ ट्रेलर : विवाहमा पृष्ठभूमिले पार्ने अवरोधको कथा

काठमाडौं । आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो । ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् । करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक […]

गायक कृष्ण बिकको ‘रानी माया’ सार्वजनिक

काठमाडौं । ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् । श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयम् गायक कृष्णकै छ । काठमाडौंमा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

कृष्ण बलामीको ‘राजा रानी’ गीत सार्वजनिक

काठमाडौं । गायक कृष्ण बलामीको स्वर र शब्दमा ‘राजा रानी’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठले निर्माण गरेको उक्त गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । आभा थापा र रोमन श्रेष्ठको अभिनय रहेको गीतमा धनेश परियारको संगीत रहेको छ । गीतको भिडियोलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने दिनेश न्यौपानेले एरेन्ज गरेका हुन् […]

प्रिती आलेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक

नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू सार्वजनिक हुने क्रम बढेको छ ।यस्तैमा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिका प्रिती आले र गायक टेक अधिकारीको स्वर रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ । टेक अधिकारी र रेशम प्रधान शब्द रहेको गीतमा रेशम प्रधानको संगीत छ ।गीतको भिडियोमा अनु पराजुली र लोमश शर्माको अभिनय छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियो सुजन श्रेष्ठले खिचेका हुन् । भिडियोमा युवराज खत्रीको सम्पादन छ ।

रानी र बलको स्वरमा 'म डुब्दै गएँ' सार्वजनिक

गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ । गीतमा हरि उप्रेतीको शब्द, विकास चौधरीको सङ्गीत र एरेञ्ज छ । गीतमा गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् । सुनिल श्रेष्ठ प्रोडक्सन मेनेजर रहेको भिडियोमा उत्तम हुमागाईंको छायाङ्कन, माधव बेलबासीको सम्पादन र कलर तथा प्रहिल कार्कीको निर्देशन रहेको छ । भिडियो गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

एलिनाको गीत ‘रानी’ सार्वजनिक

गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘रानी’ सार्वजनिक भएको छ । दाहाल सन्तोष शब्द तथा विकास चौधरीको संगीत रहेको गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । तारा सीतारा प्रोडक्सनले गीतको भिडियो समेत निर्माण गरेको छ । जसमा भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् ।सुजन श्रेष्ठको छायांकन, युवराज खत्री सम्पादन र प्रविन थापाको कोरियोग्राफी रहेको भिडियोमा एलिना चौहान, उषा उप्रेती र दाहाल सन्तोषको अभिनय देख्न सकिन्छ ।

रानी र सन्तोषको स्वरमा ‘रहे नरहे’

२० फागुन, काठमाडौं । रानी शाक्य र सन्तोष आलेको स्वर रहेको ‘रहे नरहे’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष आलेको शब्द तथा संगीत र बलराम समालको एरेन्ज रहेको छ । प्रेमकथाको यो गीतको भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । भिडियोमा विकास लामिछाने र गीत ढुंगाना फिचरिङ […]

रानी  र अलिफको ‘यस्तो माया’ (भिडियो)

काठमाडौं : गायिका रानी शाक्य र गायक अलिफ खानको युगल स्वरमा ‘यस्तो माया’ गीत सार्वजनिक भएको छ। गीतकार निशा अर्यालको शब्द रचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको छ।नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा, मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीत  ‘यस्तो माया’ मा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय रहेको छ।रायन कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ

रानी शाक्यको गीत 'बुझेनन् कसैले' [भिडियोसहित]

गायिका रानी शाक्यको स्वरमा 'बुझेनन् कसैले' नामक गीत सार्वजनिक भएको छ ।  प्रेमीप्रेमिकाबीचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । गीतमा भरतप्रसाद भट्टको शब्द तथा बिक्रम थापाको संगीत रहेको छ । भिडियोमा नरेश ऐरको छायांकन, विजयराज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन रहेको छ ।  विजयराज भुर्तेल र समीक्षा पोखरेल, नेरिसिका, भीमसेन, उद्धव, अन्जुलगायत कलाकारको अभिनय छ ।

रवि र स्मिताको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक

नेपाल आइडल विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ ।  गीतको भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टको अभिनय छ ।दर्जनौं कोरस डान्स समेत प्रयोग भएको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ । भिडियो दिनेश विष्टले निर्देशन गरेका हुन् ।