काठमाण्डाै – रुवान्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवान्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राख्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज आइतवार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवान्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गर्नुभएको हो । भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवान्डाबीच हवाई सम्झौता गरिए पर्यटन प्रवर्द्धनमा फाइदा हुने भएकाले त्याे सम्झौता गर्न आवश्यक रहेको ...