संसदीय विशेष समितिको सदस्य हेरफेर

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरण छानबिन गर्न गठित संसदीय विशेष समितिको सदस्य हेरफेर गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ससदीय विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको हो ।