वर्षमा एक पटक मिर्गाैला परीक्षण गर्न स्वास्थ्यमन्त्री लामाको आग्रह

विश्व मिर्गौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गाैला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षमा एक पटक मिर्गाैला परीक्षण गर्न आग्रह गरेका हुन्।

सम्बन्धित सामग्री

सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल

वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताल सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ । पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने भएको छ । अस्पतालका निर्देशक डा. डम्मर खड्काले अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको जानकारी दिए । तला थप गर्न प्रदेश सरकारले करीब रू. डेढ अर्ब बजेट छुट्ट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको उनले उल्लेख गरे । भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा पठाउन नपर्नेगरी सुविधा विस्तार गर्न लागिएको छ । हालै मात्र अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यहाँ अहिलेसम्म मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । मिर्गौला प्रत्यारोपण गर्नुपरेमा काठमाडौं नै जानुपर्ने बाध्यता रहेकोमा अब भने यस्तोे जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ । यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ । अक्सिजन प्लान्टको व्यवस्थाका साथै पाइप लाइन जडान तथा सञ्चालन पनि हुँदै आएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान गर्न लागेको छ । यस वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बीमा शुरू गरेको छ । त्यसैगरी अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारी सरोकारवालासँग छलफल गराइएको छ । सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेकाले अस्पतालमा बिरामीको चाप बढ्न थालेको निर्देशक डा. खड्काले बताए । रासस

५० वर्षमाथिका नागरिकले रोगको परीक्षण निःशुल्क गराउन पाउने

काठमाडौँ– ५० वर्षभन्दामाथि उमेरका नागरिकले मिर्गौला, कलेजो, मुटुलगायत रोगको परीक्षण वर्षमा एकपटक निशुल्क गराउन पाउने भएका छन् । बिहीबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । ‘५० वर्ष भन्दामाथि उमेरका नागरिकहरूको मिर्गाैला, कलेजो, मुटुलगायत अन्य रोगसम्बन्धी परीक्षण सरकारले नियमित रूपमा वर्षको एकपटक निःशुल्क रूपमा गर्ने निर्णय गरेको छ, स्वास्थ्य तथा जनासंख्या मन्त्री विरोध […]