कोरियामा गैर कानुनी रूपमा बसिरहेकाहरूलाई जरिबाना नतिरी स्वदेश फर्कने अवसर

कोरिया – दक्षिण कोरियाले गैर कानुनी रूपमा कार्यरत विदेशी नागरिकलाई स्वैच्छिक रूपमा कोरिया छाड्न प्रोत्साहन गर्ने गरी नयाँ अवसर ल्याएको छ । कोरियामा रहेको नेपाली दूतावासका अनुसार ७ नोभेम्बरदेखि दक्षिण कोरियामा गैर कानुनी रूपमा बसिरहेको विदेशी नागरिकहरूलाई स्वैच्छिक रूपमा स्वदेश फर्कने अवसर दिएको हो । कोरियाले दिएको यो अवसरको सदुपयोग गर्दै सन् २०२३ को फेब्रुअरी २८ सम्म गैर कानुनी रूपमा कोरियामा बसिरहेकाहरू आफ्नो देश फर्कन सक्छन् । यो अवसरमार्फत स्वदेश फर्कँदा लाग्ने जरिबाना छुट हुने दूतावासले जनाएको छ । ...

सम्बन्धित सामग्री

कोरिया छाड्ने अवसर

दक्षिण कोरियाले गैरकानुनी रूपमा कार्यरत विदेशी नागरिकलाई स्वैच्छिक रूपमा कोरिया छाड्न प्रोत्साहन गर्नेगरी नयाँ अवसर ल्याएको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार दक्षिण कोरियामा गैरकानुनी रूपमा बसिरहेका विदेशी नागरिकलाई असोज २१ गतेदेखि स्वैच्छिक रूपमा स्वदेश फर्कने अवसर दिएको हो ।