बाजुराबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा तीन हजार ३६४ विद्यार्थी सहभागी हुँदै छन्। परीक्षाका लागि आवश्यक हाजिरी पु-याएका नियमिततर्फ तीन हजार ८९, ग्रेड वृद्धिमा १५० र प्राविधिक धारका १२५ विद्यार्थी परीक्षा दिँदै छन्। परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत हाजिरी हुनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ। शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख हर्कबहादुर सिंहका अनुसार, बाजुराका तीनवटा विद्यालयमध्ये भानोदय माविमा पुश विज्ञान, दशरथ र कीर्तिचौर माविमा बाली विज्ञान विषयको पठनपाठन भइरहेको छ। बाजुराका तीनवटा माध्यमिक विद्यालयले मात्र कक्षा ९ र १० मा प्राविधिक कक्षा सञ्चालन पनि गर्दा प्राविधिकतर्फ विद्यार्थीको सङ्ख्या न्यून रहेको बताउनुभयो।