भैरहवाबाट दैनिक उडान भर्ने तयारीमा हिमालयन एयरलाइन्स

काठमाडौं, १७ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले अब दैनिक उडान भर्ने तयारी गरिरहेको छ । एयरलाइन्सले भैरहवाबाट अहिले दैनिक चार्टड उडान थालेको छ । उक्त परिक्षण सफल भएपछि एयरलाइन्सले सेड्युल उडान थाल्ने जनाइएको छ । एयरलाइन्सले चार्टर्ड भएपनि दैनिक रुपमा नियमित दरकै भाडामा उडान भर्नेछ ।