दाङमा प्याराग्लाइडिङको सफल परीक्षण, व्यावसायिक उडानको तयारी (तस्बिरसहित)

दाङ – दाङमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ। लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती गाउँपालिका–९ देविकोट चुचुरोबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो। बाबु एडभेन्चर्सका प्रमुख पाइलट सानुबाबु सुनुवारसहित ३ जना पाइलटले पहिलो चरणमा परीक्षण उडान भरे। त्यसपछि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, राप्ती गाउँपालिका–४ का वडाध्यक्ष वीरबहादुर चौधरीलगायतले उडान भरेका […]

सम्बन्धित सामग्री

बैशाख १ देखि चितवनमा पनि प्याराग्लाइडिङ

५ चैत, चितवन । सफारी पर्यटनमा चिरपरिचित चितवनमा अब प्याराग्लाइडिङ उडान हुने भएको छ । हवाई साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ आगामी बैशाख १ गतेबाट सुरु गर्ने गरी तयारी अगाडि बढाइएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडा र कविलासबाट प्याराग्लाइडिङ उडानको सफल परीक्षण भैसकेको छ । बैशाखबाट व्यावसायिक उडान गर्ने गरी हिमालयन […]

वैशाख १ गते गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

काठमाडौं (अस) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सफल भएपछि परीक्षण उडानको तयारी थालिएको छ । विमानस्थलमा वैशाख १ गते परीक्षण उडानको तयारी गरिएको हो । थाइल्याण्डको एरो थाईले १० दिनसम्म गरेको क्यालिब्रेशन फ्लाइट सफल भएको प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएको छ । उक्त एयरलाइन्सले सोमवार क्यालिब्रेशन फ्लाइटका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुखहरूलाई विस्तृत जानकारी गराएको छ । यद्यपि प्रारम्भिक प्रतिवेदन बुझाएको एरो थाईले अबको १ सातामा अन्तिम प्रतिवेदन बुझाउने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । एरो थाईले अन्तिम प्रतिवेदन दिएलगत्तै उक्त विमानस्थलमा भन्सार, अध्यागमनका कार्यालयका साथै ग्राउण्ड ह्याण्डलिङ र कार्गाेको व्यवस्थापनका लागि संरचना विकास गरिने दाहालले बताए । एरो थाईले फाइनल प्रतिवेदन बुझाएपछि आयोजनाले परीक्षण उडान र व्यावसायिक उडानका लागि आवश्यक तयारीका लागि गृहकार्य अघि बढाउने पनि उनले जानकारी दिए । फागुन ६ गतेदेखि १५ गतेसम्म एरो थाईले उक्त विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरेको थियो । उक्त उडानबाट परीक्षण उडान र व्यावसायिक उडान गर्न सकिने प्रारम्भिक निष्कर्ष आएकाले अन्य तयारी शुरू गर्न लागिएको उनको भनाइ छ । क्यालिब्रेशन फ्लाइटका क्रममा समस्या नभएपछि आयोजनाले परीक्षण उडानको समय तोकेको हो । परीक्षण उडानपछि जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने उनले बताए । परीक्षण उडान सफल भएलगत्तै प्राधिकरणले अन्तरराष्ट्रिय उडानका लागि अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई निवेदन दिन आह्वान गर्नेछ । निर्माण शुरू गरेको झन्डै ७ वर्षमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न भएको हो । आन्तरिक विमानस्थलको रूपमा रहेको उक्त विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न थप ५०० बिघा जग्गा अधिग्रहण गरिएको थियो ।

५ महिनाभित्रै गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्दै छौं

नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले २३औं वार्षिकोत्सव शुक्रवार मनाउँदै छ । कोरोना महामारीको दोस्रो लहरपछि अहिले उड्डयन क्षेत्र विस्तारै लयमा फर्किन लागेको छ भने यसले प्राधिकरणको आम्दानीमा पनि राहत पुगेको छ । यद्यपि अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिँदा लयमा फर्किन लागेको उड्डयन क्षेत्रमा प्रभाव पार्ने आकलन गर्न थालिएको छ । ओमिक्रोनको प्रभाव, ढिलो गरी आएको बजेट कार्यान्वयन, हवाई सुरक्षा र गौतमबुद्ध विमानस्थलमा क्यालिबे्रसन उडानदेखि व्यावसायिक उडान, पोखरा, निजगढ विमानस्थल निर्माणलगायत योजनाका विषयमा केन्द्रित रहेर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीसँग अभियान संवाददाता हिमा वि.कले गरेको कुराकानीको सार : चालू आर्थिक वर्षको ६ महिनापछि मात्रै प्रािधकरणको बजेट पारित भएको छ । प्राधिकरणका प्राथमिकता के के छन् ? मुख्यगरी विगत वर्षका बहुवर्षीय कार्यक्रम छन्, त्यसलाई नै प्राथमिकता दिइएको छ । यो वर्ष केही नयाँ कार्यक्रम अघि बढाउने उद्देश्यले एक/दुईओटा विमानस्थलमा काम अघि शुरू गरिनेछ । विमानस्थल विस्तार र त्यहाँको काम अघि बढाउने गरी धनगढी, डोटी, पूर्वको विराटनगर विमानस्थललाई केन्द्रित गरिएको छ । ती विमानस्थलमा कामै नभएको भने होइन । विगतमा सञ्चालन भएका हुन् । तर, धनगढी, डोटीका विमानस्थललाई अझ व्यवस्थित गर्ने र नयाँ ढंगले काम अघि बढाउने योजना छ । यसका साथै गौरवका आयोजना भैरहवास्थित गौतमबुद्ध, पोखरा विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएका छौं । क्षेत्रीय विमानस्थल विराटनगर, नेपालगञ्ज, धनगढीमा पनि थप काम हुनेछन् । प्राधिकरणको करिब ४३ अर्ब ६० करोड बजेट छ । अबको बाँकी महिनामा विनियोजित बजेट खर्चिने अवस्था छ ? अहिले पनि प्राधिकरणको खर्च भइरहेको छ । गत वर्षको छैटौं भागको बजेट खर्च गरिरहेकै छौं । अहिले सुरुआती चरणमै भइरहेका कामको बिल आएकाले सोही आधारमा भुक्तानी दिने तयारीमा छाैं । प्राधिकरणबाट हुने काममा ढिलाइ भएको छैन । हाम्रा धेरै कार्यक्रम बहुवर्षीय भएकाले यो वर्ष खर्च हुन नसके पनि अर्र्काे वर्ष खर्च हुन्छ । कोरोना महामारीको त्रासकै बीच अहिले आएको नयाँ भेरियन्ट ओमिक्रोनले आउने राजस्व पनि गुम्ने हो कि भन्ने चिन्ता थपिएको छ । कोरोना महामारीको दोस्रो लहरपछि उड्डयन क्षेत्र चलायमान भएको छ । गत वर्ष १२ अर्ब गुमाएको प्राधिकरणको आम्दानीमा यसपटक सुधार हुने सम्भावना कत्तिको छ ? कोरोना महामारीले नेपालमा मात्रै नभई विश्वभरि नै प्रभाव पार्‍यो । विशेषगरी उड्डयन क्षेत्रमा निकै दबाब पर्‍यो । प्राधिकरणले १२ अर्बको आम्दानी गुमाएको अवस्था थियो । गुमाएको आम्दानीलाई तुरुन्तै फर्काउन सकिने अवस्था पनि अहिले देखिँदैन । तर, जुन हिसाबले हाम्रो हवाई चाप बढेको छ, यसले सकारात्मक लक्षण देखाएको छ । आन्तरिकतर्फ हामी शतप्रतिशत अवस्थामा पुगेका छौं र अन्तरराष्ट्रियतर्फ झन्डै–झन्डै ६० प्रतिशत हाराहारीमा छौं । केही समयपछि शतप्रतिशत व्यापार गर्ने लक्ष्य लिएका छौं । यसले विगतमा हुने व्यापारलाई पूर्ववत् अवस्थामा फर्काउन सकिने आस थियो । अहिले पुनः ओमिक्रोन नयाँ भेरियन्ट आएकाले यसमा केही धक्का पुग्ने हो कि भन्ने अवस्था छ । यद्यपि अहिलेसम्म डराइहाल्नुपर्ने अवस्था देखिएको छैन । उडानहरू पनि राम्रोसँगै भइरहेका छन् । चालू आर्थिक वर्ष ०७८/७९ मा राजस्व संकलनको लक्ष्य ९ अर्ब रुपैयाँ राखेका छौं । क्यालिब्रेसन उडानको तयारी भएको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा किन ढिलाइ भइरहेको छ ? एरो थाईसँग ५ वर्षदेखि नै गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका लागि सम्झौता भई सोहीअनुसार काम भइरहेको थियो । हाम्रो कमजोरी कहाँनेर भयो भने विद्युत् प्राधिकरणले हामीलाई दिनुपर्ने जुन डेडिकेटेड लाइन थियो, त्यसअनुसार भएन । यो विमानस्थलमा भारतबाट आएको डेडिकेटेड लाइन दिइयो । त्यसका कारण हामीले विद्युत् लाइनको सुनिश्चितता गर्न नसक्दा विलम्ब भएको हो । क्यालिब्रेसन (परीक्षण) उडान गर्दा विदेशमा ३० दिनसम्म २४ घन्टै निर्बाध बिजुली आउनुपर्छ । तर, नेपालको हकमा ७ दिन विमानस्थलमा २४ घन्टा बिजुली जान नहुने व्यवस्था छ । रनवे लाइट, इक्विपमेन्टजस्ता अन्य प्रणाली सञ्चालन गर्दा निरन्तर बिजुली आवश्यक हुन्छ । अहिले प्राधिकरणबाट नेपालकै डेडिकेटेड लाइनमार्फत विद्युत् पाएका छौं । अहिले लाइट परीक्षणमा राखिएको छ । त्यसको सुनिश्चितता भएपछि एरो थाईलाई बोलाउँछौं । प्राधिकरणले बोलाएको २ सातामै उनीहरू आउनेछन् भने अबको १ महिनाभित्र क्यालिब्रेसन उडानको डेट पाउनेछौं । क्यालिब्रेसन उडान गर्ने जिम्मा भारतलाई दिने चर्चा थियो । तर, अहिले एरो थाईलाई नै दिने भनिएको छ । किन यस्तो द्विविधा देखियो ? एरो थाईसँग ५ वर्षअघि नै सम्झौता भएको हो । एरो थाईले यसमा धेरै काम गरिसकेको थियो । त्यसबीचमा कोभिडका कारण उनीहरू आउन नसक्ने जानकारी गराए । तुरुन्तै क्यालिब्रेसन उडान गर्ने हो भने अरू कम्पनीसँग पनि गर्न सकिने एरो थाईले भनेपछि मअघिका महानिर्देशकले भारतसँग कुराकानी मात्रै गरेका हुन् । तर, कुनै सम्झौता भएको छैन । भारतले उडान गर्न नेपाललाई रेट पठाएकै बेला एरो थाईले पनि हामी पुरानै मूल्यमा क्यालिब्रेसन उडान गर्न तयार छौं भनेर पत्र पठाएको थियो । जहाज तयारी अवस्थामा छ र नयाँ रेट चाहिँदैन भनेपछि हामीले पुनः एरो थाईसँग गर्ने भएका हौं । भारतसँग गर्दा नयाँ मूल्य र रेट तय गर्नुपर्ने एवं महँगो पनि हुने भएकाले यसलाई स्थगित गरेर थाई एरोसँग गर्ने तयारी छ । उनीहरू यसबीचमा आएर अध्ययन गरेर फर्किइसकेका छन् । क्यालिब्रेसन उडान भएको ३ महिनामा हामीले अरू प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसपछि ढिलोमा ५ महिनाभित्र गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान शुरू हुन्छ । गौतमबुद्ध तथा पोखरा विमानस्थल छिट्टै सञ्चालनमा आउँदै छन्, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित यी विमानस्थद सञ्चालनमा आउँदा नेपालको उड्डयन क्षेत्रमा देखिने संकेत कस्तो हुनेछ ? त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प हामीलाई अपरिहार्य हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कारणवश कुनै जहाज अवतरण हुन सकेन भने हामीले यहाँका जहाज भारत, बंगलादेश या चीनतिर पठाउनुपर्ने बाध्यता छ । हाम्रै देशमा विकल्प भए त्यहाँ अवतरण गराउन पाइयो । दोस्रो कुरा, काठमाडौंमा जसरी जनघनत्व बढ्दै गएको छ र यात्रु चाप बढेको छ, यस हिसाबले अबको १० वर्षभित्र काठमाडौंले थेग्न सक्दैन । त्यसैले पनि हामीलाई उपत्यकाबाहिर अन्तरराष्ट्रिय विमानस्थल निर्माण नगरी नहुने भएको हो । सोही विकल्पमा भैरहवा र पोखरा विमानस्थल बनेका छन् । यी विमानस्थल सञ्चालनमा आइसकेपछि यात्रु संख्या पनि बढ्छ र काठमाडौंमा हुने चाप कम हुनेछ । भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा समग्र पर्यटनलाई पनि टेवा पुग्छ । निजगढ विमानस्थल बनाउने घोषणा र गुरुयोजना बने पनि काम हुन सकेको छैन । यो विमानस्थल बूढीगण्डकी जलविद्युत्जस्तै हुने हो कि ? निजगढ विमानस्थल निर्माण बूढीगण्डकी आयोजना जस्तो नहोला । किनभने, हामीले निजगढमा आधारभूत काम गरिसकेका छौं । विमानस्थलको स्वीकृत ८ हजार ४५ हेक्टर क्षेत्रफलको सीमांकनमा तारबार गर्ने काम, रुख कटानका लागि वनले टाँचा लगाइसकेको छ भने सुकुमबासी समस्यालाई सरकारले व्यवस्थापन गर्ने र मुआब्जा दिनेलगायत काम भइसकेका छन् । बूढीगण्डकी जस्तो नहोस् भन्न सरकारले २ वटा काम तुरुन्तै गर्नुपर्ने हुन्छ । एउटा, मोडालिटी तय गर्ने र अर्काे लगानी सुनिश्चितता । निजगढ विमानस्थल न्यूनतम ३ खर्बभन्दा कम लागतमा बन्दैन । यति ठूलो रकम प्राधिकरणले जुटाउन सक्दैन । सरकारले नै व्यवस्थापन गर्ने हो । सरकारले यी दुई विषय छिटो व्यवस्थापन गरे प्राधिकरण विमानस्थल निर्माणका लागि तयारी अवस्थामा छ । तर, निजगढको वनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । त्यसको निकास नहुँदासम्म निर्माण तथा अन्य कार्यमा हामी अघि बढ्न सक्दैनौं । वन विनाश गर्नुहुन्न भनेर निकै विवाद छ । त्यसको छिनोफानो नभई निजगढ विमास्थल निर्माण अघि बढ्न पाउँदैन । वन, मोडालिटी र लगानी सुनिश्चितता भई कुनै समस्या नभए ५ वर्षभित्र निजगढ विमानस्थल बनिसक्छ । जस्तो, भारतले उत्तर प्रदेशको नोयडामा विश्वकै चौथो ठूलो विमानस्थल बनाउने घोषणा गरिसकेको छ । नेपालले पनि काम अगाडि बढाए निजगढका लागि धेरै समय कुर्नुपर्दैन । निजगढ पनि त्रिभुवन विमानस्थलकै विकल्प हो ? हो । त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा यसलाई अघि बढाइएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प होइन । अर्को पोखरा क्षेत्रीय विमानस्थल भइहाल्यो । निजगढलाई वैकल्पिक विमानस्थलकै रूपमा अघि सारिएको हो । मुख्य कुरा निजगढ विमानस्थल बनाएर मात्रै हुँदैन, यसको बजार व्यवस्थापनमा भने ध्यान दिनैपर्छ । जस्तो, निजगढ विमानस्थल बनेपछि भारतीय सीमावर्ती सहरका नागरिकलाई यहाँ तान्न सक्नुपर्छ । दोस्रो कुरा, नेपालबाट जाने ट्रान्स हिमालय रूटको अवधारणामा पनि यसलाई कार्यान्वयन गर्न सकिन्छ । यद्यपि यो रूटमा विवाद भइरहेको छ । ट्रान्स हिमालय रूट कार्यान्वयन सफल हुँदा नेपाली आकाश हुँदै आउ/जाउ गर्ने विमानका लागि निजगढ विमानस्थल ‘ट्रान्जिट हब’ बन्नेछ । दोहा, दुबई, सिंगापुरजस्ता देशहरू ट्रान्जिट रुटकै कारण राम्रो व्यापार गर्न सफल भएका छन् । यसका लागि नेपालले मार्केटिङ गर्न जरुरी हुन्छ । हवाई सुरक्षाको विषयमा ईयूले अझै पनि कालोसूचीबाट हटाएको छैन । यसमा नेपालले नसुधारेको हो वा ईयूले शर्त थप गरेको हो ? विगतमा हामीकहाँ केही ठूला हवाई दुर्घटना भएकै हुन् । त्यसलाई आधार बनाएर ईयूले सेफ्टी (ब्ल्याक लिस्ट नभनौं) लिस्टमा राखेकै हो । तर, दुर्घटनामा के हाम्रोमा मात्रै भएका छन् । भारतमा मात्रै हरेक महिना दुईओटा विमान दुर्घटना हुन्छन् भनिन्छ । वर्षमा ७२४ वटा विमान दुर्घटना भारतमा हुने गरेको देखिन्छ । हामीकहाँ साढे ३ वर्षदेखि विमान दुर्घटना भएको छैन । दोस्रो कुरा, ईयूले जहाज सेफ्टी छैन भन्छ । तर, नेपालमा आउने जहाज ती देशबाटै आएका हुन् नि । एयरबस नेपालले बनाएको होइन, फ्रान्सबाट आएको हो । त्यहाँको जहाज ल्याउँदा नेपाल सुरक्षित हुने तर यहाँबाट ती देशमा लैजाँदा असुरक्षित कसरी हुन्छ ? यो अलिकति न्यायसंगत छैन । उनीहरूले प्राधिकरणलाई अलग–अलग गराउन भनेका छन् । यसमा हामीले काम गरिरहेकै छौं । त्यसो भए नेपालले किन यस विषयमा ईयूलाई विश्वासमा लिन सकेको छैन ? विगतमा ग्लोबल एभरेज रेटमा सुरक्षामापन जुन ६० प्रतिशत छ, त्यसमा सुरक्षाका विभिन्न ८ विधामा हामी कमजोर भएकै हो । त्यसबेला यो अवस्था ५७ प्रतिशत थियो भने अहिले हामी ६७ प्रतिशतमा छौं । सुरक्षाका विषयमा नेपाल माथि उक्लिसकेको यो बलियो प्रमाण हो । यस हिसाबले अब अप्रिलमा हुने इस्यू अडिट (यूएसओपी) मा ईयूले सेफ्टी लिस्टबाट नेपाललाई हटाउँछ होला । यसमा हामी आशावादी छौं । जागिरे जीवन यही संस्थाबाट शुरू गर्नुभयो र छोटो समयकै लागि भए पनि प्राधिकरण प्रमुख बन्नुभएको छ । कार्यकाल सकिँदै गर्दा उल्लेख्य काम के गरेजस्तो लाग्छ ? प्राधिकरणमा महानिर्देशकको रूपमा आएको २ महिना बितिसकेको छ भने आगामी पुस २५ गते कार्यकाल सकिँदै छ । देखिने गरी स्पष्ट काम गर्न नसके पनि भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान गराउन सफलता पाएँजस्तो लाग्छ । विगत एक/डेढ वर्षदेखि रोकिएको क्यालिब्रेसन उडानलाई कम्तीमा उडाउन सक्ने बनाइएको छ । दोस्रो, कर्मचारीवृत्तमा पनि ध्यान दिएका छौं । एयर ट्राफिक कन्ट्रोलरले १२ वर्षदेखि रेटिङ लाइसेन्स भत्ता माग गरेका थिए । यसमा पर्यटनमन्त्री र मेरो अग्रसरतामा भत्ता पाउने अवस्था बनेको छ ।

बलेवामा प्याराग्लाइडिङ : संरचना छ तर उडान छैन

मंसिर २१, बागलुङ । बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन सकेका छैनन् । बलेवा प्याराग्लाइडिङस्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले प्याराग्लाइडिङका लागि आवश्यक मैदान, भवन र शौचालय तयार भएकोे जानकारी दिए । पोखराको प्याराग्लाडिङको विकल्पका रुपमा विकास गर्ने जनाउँदै प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यहाँ संरचना निर्माण गरेको थियो । मन्त्रालयको पर्यटन महाशाखाले सरोकारवालाको बैठक राखेर प्याराग्लाइडिङ सञ्चालन हुने जनाउँदै पूर्वाधार निर्माणको काम लगाएको थियो । यसपछि पश्चात् यहाँ प्याराग्लाइडिङ हुने÷नहुने भन्ने विषय अन्योलमा छ । २०७५ सालमा गरिएको बलेवा महोत्सवका समयमा गरिएको परीक्षण सफल भएपछि प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको थियो । ‘पोखरामा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउदा विस्थापन हुने प्याराग्लाइडिङको बलेवामा व्यवस्थापन गर्न सकिन्छ भन्ने थियो,’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्छन्, ‘तर विमानस्थल सञ्चालन र पोखराबाट प्याराग्लाइडिङ विस्थापन हुने नहुने विषय नै विचाराधीन रहेकाले यहाँ तत्काल व्यवसायिक उडानको सम्भावना कम छ ।’ तयार भएका संरचना निजी कम्पनीले अनुमति लिएर सुरु गर्न चाहेमा काम गर्न सकिने प्रमुख पौडेलले जानकारी दिए । बलेवामा प्याराग्लाइडिङको सम्भावना देखेकाले नै पूर्वाधार निर्माण भएको पौडेलले बताए ।  ‘पोखराको प्याराग्लाइडिङ विस्थापन नगरेरै विमानस्थल चलाउन सकिन्छ भन्ने विषयमा छलफल चलेको जानकारीमा आएका छन्,’ उनले भने, ‘यदि पोखरामा दुवै सम्भव हुँदा यहाँ नयाँ व्यावसायिक कम्पनीले उडान गर्न सक्छन् ।’ उनले नागरिक उड्ड्यन र पर्यटन मन्त्रालयले टङ्ंगो लगाए बलेवामा नयाँ हिसाबले प्याराग्लाइडिङ चलाउन सकिने जानकारी दिए । यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाइडिङका लागि यो उपयुक्त भएको प्यारापाइलट बताउँछन् । प्रदेश सरकारले यसअघि परीक्षण सफल भइसकेका बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई विकल्पको रुपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो ।  पाँचओटै स्थानमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि भने पहल भएका छैनन् । ‘आइकाओको मान्यताअनुसार पोखरामा विमानस्थल सञ्चालनमा आउदा प्याराग्लाइडिङ विस्थापन हुन्छ, मन्त्रालय र महाशाखाले पूर्व तयारी गरेको हो,’ पर्यटन महाशाखाका प्रमुख दुर्गा श्रीषले भने, ‘अहिले नै प्रयोगमा नआएको भए पनि तयार भएका संरचना प्रयोगमा आउछन् ।’  मन्त्रालयले सबै संरचनाको विषयमा जानकारी राखेको श्रीषले बताए । प्याराग्लाइडिङ उडान गर्नेगरी तयार पारिएका संरचना रहेको स्थान एक हजार ८५४ मिटरको उचाइमा छ ।  धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्लाको मुकाममाथि शयर गर्न सकिने र सहासिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर रहेको सरोकारवाला बताउछन् । रासस