युक्रेन र रसियालाई लिएर बढ्दो तनावका बिच अमेरिकाले युरोपमा थप तीन हजार सेना पठाउने निर्णय गरेको छ। अमेरिकाको उक्त निर्णयको रसियाले भने भत्सर्ना गरेको छ। मस्कोले अमेरिकी निर्णयलाई 'विनाशकारी' कदमको संज्ञा दिएको छ। अमेरिकाको यस कदमले तनावलाई थप बढाउने र राजनीतिक समाधानको बाटोलाई कम गर्ने चेतावनीसमेत दिएको बीबीसीले जनाएको छ। …