जुम्ला : जुम्ला हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। झडपमा एकजना घाइते भएका छन्।उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। नेकपा माओवादी केन्द्रले जिल्लाबाट २ जनाको नाममा टिकट आएपछि दुई पक्षबीच झडप भएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको