सरसर्ती २४ घण्टा : गठबन्धनमा खटपट, ओलीको साथ खोज्दै देउवा

बिहीबार भएको सत्ता गठबन्धनको बैठकबाट एमसीसीबारे सहमति जुट्नुको साटो परिस्थिति थप गम्भीर बनेको छ । एमसीसीकै विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद भएपछि गठबन्धननै टुट्ने खतरा देखिएको छ भने यही पृष्ठभूमिमा प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीको साथ खोजेका छन् । एमसीसीको विषयमा ओलीको साथ खोज्दै देउवा बिहीबार राति बालकोट पुगेका थिए । बालकोटमा ओली र देउवाबीच करिब २ घण्टा वार्ता भएको थियो भने सो वार्तापछि राजनीति कुन मोडमा पुग्ने हो भन्ने चासो सर्वत्र छ । यद्यपी यो वार्ताबारे दुबै पक्षले अहिलेसम्म मुख खोलिनसकेको अवस्था छ । बालकोट...