क्रिप्टोकरेन्सी, हाइपर फन्ड, अनलाइन बेटिङ जस्ता वेबसाइटमाथि सरकारले लगायो प्रतिबन्ध

सरकारले क्रिप्टोकरेन्सी, बिटक्वैन, हाईपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ)जस्ता गैर कानुनी क्रियाकलाप एवं आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

क्रिप्टोकरेन्सीको कारोबार हुने वेबसाइट र मोबाइल एप नेपालभित्र नचल्ने

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले आज मङ्गलवार एक सूचना निकालेर क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा चल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्राधिकरणको निर्देशनपछि अब इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्नुपर्नेछ । सरकारको निर्देशनपछि यसअघि ...