कञ्चनपुर ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधव सिह धामी निर्वाचित भएका छन्। प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी (नेपाल) समूहका तर्फबाट संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन्।
प्रेस चौतारी (ओली) समूहका अध्यक्ष पदका उम्मेदवार सुरेश सिह धामीलाई ४८ मतले हराउँदै संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा विजयी धामीले ११७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वद्वी सुरेश सिह धामीले मात्र ६९ मत ल्याए। अध्यक्ष पदका अर्का उम्मेदवार प्...