इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्दैछ । प्रतियोगिताको चार खेलमा पराजित भएको मुम्बई आजको खेलमा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेशको सम्भावना बाँकी राख्न चाहन्छ ।पुनेमा हुने मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । मुम्बई आज पहिलो जितको खोजीमा हुनेछ । मुम्बईले यस अघि लगातार ४ खेलमा हार बेहोरेको छ । यता पन्जाब आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योज