गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारको हत्या अभियोगमा पक्राउ परेका रुकुमपूर्वका एक पालिकाका वडाध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो । सोमबार वडाध्यक्षसँगै सोही वडाका …