जनकपुरधाममा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

जनकपुरधाम। राष्ट्रियसभाको मधेश प्रदेशको मतदान स्थल नजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान, जनकपुरधाम भित्र जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाँटा लिएर छिर्न खोज्दा झडप भएको हो।

सम्बन्धित सामग्री

जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन, मतदानस्थलभित्र छिर्न खोज्दा झडप

मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको हो ।सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस समेत प्रहार गरेका थिए । धनुषा प्रहरीले दुई राउण्ड अश्रु ग