चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाको नेतृत्व गरेको माओवादी केन्द्र पछिल्लो समय जिल्लामा पार्टी संगठन बलियो बनाउने अभियानमा छ । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले पछिल्लो समय पार्टी संगठनको अवस्थामा उल्लेख्य सुधार आएको बताए ।२०६४ सालको निर्वाचनमा पाएको सफलतालाई पार्टीले जोगाउन नसक्दा २०७० र २०७४ को निर्वाचनमा माओवादी केन्द्रले नमिठो हार व्यहोर्नु परेको उनको भनाइ छ । विगतको पराजयले आफ्ना कमी कमजोरीलाई सुधार्ने अवसर पनि दिएको उनी बताउँछन्