बाइडेनले डिजिटल सम्पत्तिसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि बढ्यो बिट्क्वाइनको भाउ

वाशिङ्टन डीसी (अमेरिका) । डिजिटल मुद्रा बिट्क्वाइनको भाउमा बुधबार उच्च वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलेले डिजिटल सम्पत्तिसम्बन्धी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि उक्त दिन बिट्क्वाइनसमेत अन्य क्रिप्टोकरेन्सीको भाउमा उच्च वृद्धि भएको हो । अमेरिकाका सरकारी निकायहरुले केन्द्रीय बैंकले जारी गर्ने डिजिटल डलर सृजना र अन्य क्रिप्टोकरेन्सी जारीको लाभ र जोखिमको मूल्यांकन गर्नेसम्बन्धी कार्यकारी आदेशमा बाइडेनले हस्ताक्षर गरेका थिए । यो कार्यकारी आदेशले अमेरिकी वित्तीय प्रणालीमा भर्चुअल मुद्रालाई समावेश गरिने आशा जगाएपछि लगानीकर्ताहरु उत्साहित हुँदा सोको प्रभाव क्रिप्टोकरेन्सीहरुको भाउमा देखिएको हो । आदेशमा अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय र अन्य मुख्य सरकारी निकायहरुलाई पैसाको भविष्य र यसमा क्रिप्टोकरेन्सीले खेल्ने भूमिकाबारे प्रतिवेदन तयार पार्न भनिएको छ । पछिल्लो समय तीव्र गतिमा विस्तार र विकास हुँदै गइरहेको डिजिटल मुद्रा अर्थतन्त्रलाई नियमन गर्नेतर्फ नर्वप्रवर्तनमुखी र रचनात्मक दृष्टिकोणलाई टेवा मिल्ने आशाले क्रिप्टो बजार उकालो लागेको बिटफिनेक्स ट्रेडिङले एक नोटमा भनेको छ । र्यान्समवेयर र अन्य साइबर अपराधको बढ्दो खतरा कम गर्न गत वर्ष ह्वाइट हाउसले क्रिप्टोकरेन्सी बजारको व्यापक निरीक्षण गर्नेबारे विचार गरिरहेको बताएको थियो । बुधबार प्रतिगोटा बिट्क्वाइनको भाउ ९ प्रतिशतले बढेर ४२ हजार २६० डलरमा पुगेको छ । यो फेब्रुअरी २६ यताकै उच्च वृद्धि हो । उक्त दिन इथर, बाइनान्स क्वाइन, लगायत धेरैजसो क्रिप्टो करेन्सीको भाउ बढेका थिए । एजेन्सी

सम्बन्धित सामग्री

तेब्बर बढ्यो कालो सुनको भाउ

इलाम, २२ पुस। अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने […]

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, पुस ४ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार […]

सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि बढेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदीको १० रुपैयाँले भाउ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ छ । यस्तै, चाँदी तोलामा एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेरि बढ्यो सुनको भाउ

काठमाण्डाै - सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।  चाँदीको भाउ भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

तोलामा ८ सयले बढ्यो सुनको भाउ

काठमाडौं, साउन १९ । आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सय रुपैयाँ पुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको […]

बढ्यो सुन र चाँदीको भाउ

काठमाडौं, साउन १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ पनि ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ। चाँदीको भाउ पनि बिहीबार प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ […]

प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, साउन ८ । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भार प्रतितोला पाँच सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको […]

यो हप्ताको सुरुवातमा सुनकाे भाउ तोलामा २५ सय रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ । आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा पुगेको छ । यो हप्ता सुरु भएयता नै सुनको भाउ तोलामा २५ सय रुपैयाँले बढ्यो । अस्ति आइतवार तोलामा १५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा पुगेको थियो । हिजो भने अस्तिकै भाउमा सुनको कारोबार भएको थियो। तर, फेरि आज तोलामा १२ सय रुपैयाँले बढेको छ । युक्रेनमा भइरहेको तनावका कारण सुनको भाउ बढेको हुनसक्ने अनुमान गरिएको छ । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकासहित पश्चिमा देशहरुले ...

सुन चाँदीको भाउ बढ्यो

काठमाण्डाै - सुन चाँदीको भाउ आज फेरि बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ १० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा १३ सय २० रुपैयाँ छ ।