ओखलढुंगामा बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ जना घाइते

ओखलढुंगाको सुनकोशी गाउँपालि–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए ।काफ्लेका अनुसार दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् । ककनीमा एक