काठमाडौं (अस) । काठमाडौंको चन्द्रागिरिमा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका पर्यटनमन्त्री प्रेमबहादुर आले र भारतका केन्द्रीय पूर्वमन्त्री एवं राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरेका हुन् ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरिमा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्युटावर, चिल्ड्रेन पार्क, सेमिनार हल, लक्जरी रिसोर्टलगायत पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।