प्रेम दिवसमा साढे ३ करोडको गुलाफ खपत हुने अनुमान

काठमाडौं। प्रेम दिवसमा नेपालमा साढे ३ करोड रुपैयाँको गुलाफको कारोबार हुने अनुमान गरिएको छ । प्रेम दिवसको १ साताभित्र देशभर उक्त रकम बराबरको ३ लाख ५० हजार स्टीम गुलाफ फूल (डच रोज) को व्यावसायिक कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ । काठमाडौं उपत्यकामा करीब २ लाख १० हजार स्टीम र बाँकी १ लाख ४० हजार उपत्यकाबाहिरका शहरमा खपत हुने संघले जानकारी दिएको छ । यस वर्ष कुल बजार मागको करीब १० प्रतिशत गुलाफ आन्तरिक उत्पादनबाट आपूर्ति हुनेछ । ९० प्रतिशत भारतबाट आयात गरी माग पूरा गर्नुपर्ने अवस्था रहेको एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनका अनुसार फूलको गुणस्तरअनुसार यस वर्ष प्रतिस्टीम उपभोक्ता मूल्य ८० देखि १ सय २० रुपैयाँ रहनेछ । सामान्य अवस्थामा प्रतिस्टीम गुलाफको मूल्य ६० रुपैयाँसम्म पर्छ । नेपालमा अनुकूल मौसममा मात्रै बढी गुलाफ उत्पादन हुन्छ । जाडो मौसममा स्थानीय उत्पादन कम हुन्छ । चैतदेखि मङ्सिरसम्म आन्तरिक उत्पादनबाटै बजार माग धानिन्छ । पुस, माघ र फागुनमा माग धान्न भारतकै भर पर्नुपर्ने बाध्यता रहेको तामाङले बताए । ‘भारतबाट पनि अवैध रूपमा भित्रिरहेको छ । यसमा सरकारको ध्यान छैन । अवैध आयात रोक्न सके देशभित्रै उत्पादन बढाउन नेपाली कृषकलाई हौसला हुन्थ्यो,’ उनले भने, ‘अहिले हामीसँग अत्याधुनिक प्रविधिको कमीले जाडो मौसममा गुलाफ उत्पादन बढाउन सकिएको छैन । प्रविधि प्रयोग केही महँगो पर्ने हुनाले हाम्रो उत्पादन लागत बढ्न जान्छ । भारतबाट अवैध रूपमा सस्तो मूल्यको फूल भित्रिरहने हो भने हामीले प्रविधिमा लगानी गरेर महँगोमा उत्पादन गरी बेच्न सकिँदैन ।’ गतवर्ष यस अवधिमा ३ लाख ४८ हजार स्टीम गुलाफको कारोबार भएको थियो । नेपालमा चाडपर्वबाहेकको बेला प्रतिदिन सरदर ८ देखि १० हजार स्टीम गुलाफ फूल माग हुन्छ । एक वर्षअघिसम्म कोभिड महामारीका कारण फूल उत्पादनमा ह्रास आएको थियो । कोभिड महामारी हटेपछि व्यवसायीले लगानी वृद्धि गर्दा गुलाफको आन्तरिक उत्पादन केही बढेको छ । प्रेम दिवसको अवसरमा नेपालमा जाडो सिजन नै रहने र चिसो मौसममा गुलाफ उत्पादन घट्ने भएकाले अधिक मात्रामा अन्य मुलुकबाट आयात गरी बजार माग पूरा गर्नुपर्ने स्थिति हुन्छ । नेपालमा गुलाफ फूलको व्यावसायिक खेती हुने जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र काभ्रेपलाञ्चोक पर्छन् । अन्य जिल्लामा पनि यसको व्यावसायिक खेती विस्तार हुने क्रममा छ ।

सम्बन्धित सामग्री

यो सप्ताहन्तमा न्यूयोर्कमा ठूलो हिमआँधी आउने अनुमान

यो साताको अन्त्यमा न्यूयोर्कमा ठूलो हिम आँधी आउने अनुमान गरिएको छ । सम्भावित रूपमा वाशिंगटन डीसीदेखि न्यूयोर्क सिटीसम्म यसैसाताको अन्त्यमा हिउँ खडेरी समाप्त हुनेछ। न्यूयोर्क सिटीमा कम्तीमा एक इन्च हिमपात नभएको ६८४ दिन नाघिसकेको छ । जनवरी ६ देखि ८ सम्म हिमपातको अनुमान गरिएको हो । न्यू इङ्गल्याण्ड, न्यूयोर्क र मध्य एट्लान्टिकको उच्च तापक्रम यस […]

आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान

चालू आर्थिक वर्ष नेपालमा आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । बहुराष्ट्रिय निकाय आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो । यसअघि विश्व बैंकले नेपालको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको थियो । यस वर्ष भारतमा ६.१ प्रतिशत, भुटानमा ४.३ प्रतिशत, बंगलादेशमा ६ प्रतिशत, पाकिस्तानमा ३.५ प्रतिशत र श्रीलंकामा […]

बारामा ६५ प्रतिशत मत खसेको अनुमान

४ मंसिर, वीरगञ्ज । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन बारामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बारामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी गराए । बारामा ४ लाख ३३ हजार ५ सय ४ जना मतदानका लागि योग्य मतदाता थिए […]

अर्जेन्टिनाले विश्वकप जित्ने फिफाको अनुमान

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो । यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही सावित भएको थियो […]

चिकुनगुनिया भाइरस संक्रमणको अनुमान

काठमाडौं । डेंगुको लक्षण देखिएपनि संक्रमण नदेखिएपछि चिकुनगुनिया भाइरस संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । लक्षण मिलेपनि संक्रमण पुष्टी नभएपछि नेपालमा सन् २०१३ मा देखिएको चिकुनगुनिया भाइरस हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । डेंगु सार्ने एडिस नामक भाइरसले नै यो भाइरस सार्ने भएकाले पनि चिकुनगुनिय देखिएको आशंका गरिएको हो । डेंगुमा जस्तै अत्याधिक […]

सुदूरपश्चिमको बजेट खर्च ६८ प्रतिशतसम्म हुने अनुमान

धनगढी– सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्षको बजेट खर्च ६८ प्रतिशतसम्म हुने अनुमान गरिएको छ । वैशाख महिनामा प्रदेश सरकारले ७० प्रतिशत आसपासका चालू आर्थिक वर्षको बजेट खर्च हुने अनुमान गरे पनि असार अन्तिमसम्म आइपुग्दा खर्च घट्ने अनुमान गरिएको हो । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बिहीबारसम्म सुदूरपश्चिममा ५३ दशमलव ४५ प्रतिशत मात्रै बजेट […]

आर्थिक वृद्धिदर उत्साहजनक हुने अनुमान

अर्थतन्त्र फागुनपछि चलायमान भएको तथा खुद उपभोगमा वृद्धि भएका कारण केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७८-०७९ मा अर्थतन्त्र उकालो लाग्ने अनुमान गरेको छ । बिहीबार विभागले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार चालू आवमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ भने उपभोक्ता मूल्यका आधारमा ५.८४ प्रतिशतको आर्थिक वृद्धि […]

यसपालि दशैँमा पनि पानी पर्ने अनुमान

काठमाण्डाै - यसपालिको दशैँमा पनि पानी पर्ने मौसमविद्को अनुमान छ ।  मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालकाे पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।‘लगातारको झरी र ठूलो पानी पर्ने सम्भावना भने छैन, तर हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ&r...

यो वर्ष आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने अनुमान

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने संशोधित अनुमान सरकारले गरेको छ । शुक्रबार आव २०७७/७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले यस्तो अनुमान गरेको हो । चालु आवको बजेटले आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी रहने अनुमान गरेको थियो । तर, कोरोना महामारीको बढ्दो संक्रमणका […]

४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने अनुमान गरेको हो । आर्थिक बर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत र लगानीलाई समेटेर राष्ट्रिय लेखासम्वन्धी अनुमानहरू प्रस्तुत गर्दै विभागले […]