बझाङ : बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम चैनपुर ल्याइएको छ। यातायात संजाल नजोडिएको साइपाल गाउँपालिकाका केहि वडाका मतपेटिका सोमबार पैदल सदरमुकाम चैनपुर पुगे पनि धुली र काँडाका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको हो। अहिले सर्वदलिय बैठक बसेको र अबको केहि बेरमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले बताए। मतगणना जिल्ला अदालत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ।
बझाङ, जेठ १ । जिल्लाको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ। एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत […]
काठमाण्डाै - बझाङको साइपाल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मानबहादुर बोहरा ६७५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उज्ज्वल बोहराले ६१३ मत प्राप्त गर्नुभयो ।
गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं : बझाङको साइपाल गाउँपालिकामा एमालेका मानविर बोहरा विजयी भएका छन्। उनी ६ सय ७५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्छ। गठबन्धनका उम्मेदवार उजले बोहरा ६१३ मत ल्याएर पराजित भए।गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन्। उनका प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याइन्।पाँच वडा रहेको यो पालिकामा एमाले तीन र कांग्रेस दुई वडामा प्यानलसहित विजयी भए।
बझाङ - बझाङकाे विकट तथा दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न पुगेकाे छ । बाक्लाे हिमपातपछि खाद्यान्न ढुवानी हुनसकेकाे थिएन । साइपालका स्थानीय बासिन्दा खाद्यान्न पुगेपछि खुसी भएका छन् ।
खाद्य व्यवस्था कम्पनीले भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरेकाे हाे ।
साइपाल गाउँपालिकाको वडा-३ मा पर्ने काँडा, चुकझाड, बाँझचौका, वडा-४ मा पर्ने धुली, लाफडी, सैनगाउँ र वडा-५ को न्युनामा भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरिएको हो । साइपाल गाउँपालिकाका उत्तरी गाउँहरूलाई जोड्ने रस्यालेक पानी...
काठमाडौं (हाम्रो खेलकुद) – साइपाल एकेडेमीले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । साइपालले टाइम्सलाई ३८–२८ ले पराजित ग¥यो । साइपालको जितमा साहिल तमुले १४ अंक योगदान गरे । कपनको भंगालस्थित भ्याली पब्लिकद्वारा आयोजित प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज र ट्रिनिटी इन्टरनेसनल कलेजले पनि सफलता पाए । सम्राट […]
२ माघ, काठमाडौं । टिम रावत र साइपाल प्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भएको सेमिफाइनलमा टिम रावतले भीएस कलेजलाई २१–१६ ले पराजित गर्यो । टिम रावतको जितमा सम्राट भूमिले १० अंक योगदान गरे । अर्को सेमिफाइनलमा साइपालले क्याम्पियनलाई १२–११ को […]