नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् । निर्वाचनको विकृत पक्ष झाङ्गिदै गएको प्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक नरहेको धारणा राखे ।पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषयमा जोडदार आवाज उठाउँदै आएको जिकिर गर्दै आफूहरुले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए । उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र य