माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिरोध अन्त्य गर्न सरकार, सभामुख, प्रमुख राजनीतिक दलबीच सहमति खोज्नु पर्ने बताएका छन् । उनले सत्तापक्ष, प्रमुख प्रतिपक्षले सहमतिका लागि प्रयास गर्नुपर्ने बताए ।
काठमाडौं : पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताएका छन्।शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्याडिकल रिफर्मको आवश्यकता रहेको बताए।उनले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताए। चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने बताए। उनले सरकारले तातोपा