तारा एयरद्वारा नेपालगंजबाट हुम्लाका लागि सहुलियत उडान सुरु

जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लामा सडक र घरवारविहीन रहेका बेवारिसे व्यक्तिहरुलाई खोज्दै न्यानो कपडा कम्वल र ज्याकेट वितरण गर्न शुरु गरेको छ । जुम्लामा चिसो अत्याधिक बढ्दै गएको समयमा चन्दननाथ नगरपालिकामा स्थानीय प्रशासनले सडकमा रहेका वेवारिसे मानिसहरुलाई न्यानो कपडा वितरण गरेको हो । सडकमा जीवन यापन गर्ने विपन्न र अपाङ्गता भएका नौ जना व्यक्तिहरुलाई ज्याकेट तथा कम्वल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय प्रशासन, नेपाल रेडक्रस सोसाईटी जुम्लाले सडकमा चिसोको समयमा कपडा र ओढ्ने कम्बल नपाएर समस्या भएका व्यक्तिहरुलाई खोज्दै कपडा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

सहुलियत दरमा हवाई उडान

हुम्ला – सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न सुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हँुदा उक्त उडान सुरु गरिएको हो ।नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः सुरु गरिएको कार्गाे व्यवसायी विष्णु रावतले बताए […]