कोरियामा १ महिनामा २५ सयभन्दा बढी नेपालीको माग

रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले एक महिनाको अवधीमा २ हजार ५ सयभन्दा बढी नेपाली युवासँग रोजगार सम्झौता गरेको छ । रोजगार सम्झौता गरेमध्ये १ हजार ५६७ उत्पादनमूलक र बाँकी ९२७ कृषि तथा पशुपालन क्षेत्रका लागि छन् । पहिलो चरणको छनोटअन्तर्गत आइतबारसम्म सो संख्याका नेपाली युवासँग श्रम सम्झौता गरेको हो । यो वर्ष कोरियाले ११ हजारभन्दा बढी युवालाई कोरिया जान योग्य सूचीमा छनोट गरेको मध्ये हालसम्म २ हजार ५ सयको श्रम सम्झौता भएको हो ।