देउवाको निर्देशन– जसरी पनि विकासलाई तीव्रता दिनुस्, अख्तियारको डर हो भने बाधा फुकाउँला

प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरका कारण विकास निर्माणको काममा बाधा भएको हो भने त्यसलाई  फुकाउन तयार रहेको बताएका छन् । कर्मचारीहरूले अख्तियारको डरका कारण कामै नगर्ने अवस्था आएको हो भने त्यसमा सहजीकरण गरिने बताएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार मन्त्री र सचिवहरूलाई संयुक्त रूपमा निर्देशन दिँदै देउवाले कानूनमा भएका बाधा अड्चनहरू फुकाएर अगाडि बढ्ने बताए । 'यदि विकास निर्माणको काममा विधि र प्रक्रियाका कारण समस्या छ वा अख्तियारका झञ्झ...