उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा किशोर प्रधान विजयी

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्षमा किशोर प्रधान निर्वाचित भएका छन्। आज शुक्रबार भएको निर्वाचनबाट प्रधान विजयी भएका हुन्। निर्वाचनमा किशोर प्रधान, निरक केसी र प्रकाश साउद बीच प्रतिस्पर्धा भएको थियो। अघिल्लो वर्षका विजेता प्रमोद श्रेष्ठ गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेसँगै उनको पद खारेज भएको थियो।

सम्बन्धित सामग्री

निष्ठावान्, कर्तव्यपरायण र इमानदार भएर नै सबैको समर्थन पाएको हुँ

नेपाल उद्योग वाणिज्य महासंघ यतिबेला नेतृत्व परिवर्तनको अन्तिम सँघारमा छ । महासंघको विधानले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरेकाले अबको चर्काे प्रतिस्पर्धा यसै पदमा हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा यसै साता हुने अधिवेशनपछि स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्षको चर्काे प्रतिस्पर्धामा हालका उपाध्यक्षद्वय किशोर प्रधान तथा चन्द्र ढकाल रहेका छन् । उद्योग […]