गण्डकीका मुख्यमन्त्रीसहित ८ मन्त्रीले पाएनन् टिकट

आसन्न निर्वाचनमा गण्डकी सरकारका मुख्यमन्त्रीसहित ८ मन्त्री उम्मेदवार नै बन्न पाएनन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ८ मन्त्रीले गठबन्धनबाट टिकट पाउनै सकेनन् । २ मन्त्रीले बागी उम्मेदवारी दिए पनि पार्टी निर्णयका कारण ‘ब्याक’ भए ।मुख्यमन्त्री पोखरेलले कांग्रेस नेता शशांक कोइरालाका लागि क्षेत्र खाली गराउँदा उम्मेदवार बन्न वञ्चित भए । प्रतिनिधिसभा चुनावमा शशांक कोइराला नवलपुर–१ बाट उठ्ने भएपछि मुख्यमन्त्री पोखरेलले टिकट नपाएका हुन् । उनी प्रदेशसभामा दोहोरिन चाहेनन् ।पा