लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कामय गर्न नसकेको बताएका छन् । अध्यक्ष ठाकुरले मंगलवार एक विज्ञप्ति गर्दै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न नसकेको ठहर गर्दै विभिन्न स्थानहरुमा सत्ता गठबन्धनका घटक दलहरुले धाँधली र राज्य शक्तिको दुरुपयोग गरेको दावी गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘भविष्यको निर्वाचनको समयमा हुनसक्ने अलोकतान्त्रिक गतिविधि, धाँधली र शक्तिको दुरुप