नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउने गृहमन्त्री खाँणको दाबी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् । कृष्ण जन्माअष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाँणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकता विहीन हुनु नपर्ने उल्लेख गरे । विसं २०७२ मा संविधान […]