काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए बन्द गर्न सकिने बताएका छन्।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज (बुधवार) को बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए। रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवासुविधा पाउने, रोजगार बढ्ने, शहर चलायमान बन्ने